भिरबाट लडेर बालिकाको मृत्यु

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका-६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णीमा भोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button