पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना, नौ जना घाइतेलाई पोखरा ल्याइँदै

पोखरा । कास्कीमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरीक्षक सूर्य रानाले जानकारी दिए ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै गरेको इन्स्पेक्टर रानाले बताए ।

घटनास्थलमा प्रहरी पुगिसकेको र सशस्त्र प्रहरी टोली पनि घटनास्थलतर्फ लागेको उनले बताए ।

पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आज दिउँसो ३ः३० बजे दुर्घटनामा परेको उनले बताए ।

अन्नपूर्ण गाउँपालिका वडा नं ४ का वडाध्यक्ष आइन्दल गुरुङका अनुसार घाइतेको संख्या अझै बढ्न सक्नेछ । पोखराको हरिचोकबाट भदौरेका लागि गएको जीप गन्तव्यस्थल नजिकै थामडाँडा भन्ने स्थानमा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button