खोलामा डुबेर दुई युवकको मृत्यु

  • पोखरा न्यूज
  • २०८० चैत्र १८
खोलामा डुबेर दुई युवकको मृत्यु

गुल्मी । गुल्मीमा खोलामा डुबेर दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं. ४ आरुपाटाका २१ वर्षीय सन्दीप कुमाल रहेका छन् ।

शनिबार डुबेर बेपत्ता भएका कुमालको आज शव भेटिएको हो । उनी शनिबार अपराह्न अन्दाजी ५ बजे खोलामा डुबेका थिए ।

सन्दीप माछा मार्नका लागि जाल खेल्ने क्रमका डुबेर बेपत्ता भएका थिए । उनको शव ग्वादीकाचौर नजिकै बढिगाड खोलामा जाल बेरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यता, गुल्मी दरबार गाउँपालिका वडा नं. २ उपल्लाखर्कका १२ वर्षीय प्रिन्स सारूको शव बढिगाड खोलाको सोता भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सारू शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यमान चौधरीले एउटै खोलामा दुई जनाको डुबेर मृत्यु भएको पुष्टि गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस