|तस्बिर : भानु पराजुली
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका-२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
दुर्घटनामा कास्कीको अन्नपूर्ण गाउँपालिका-४ का २२ वर्षका चालक धनराज सुनार, पोखरा-२३ लक्ष्मण कामी, अन्नपूर्ण-५ सल्यानका ७ वर्षीय अरुष विक र अन्नपूर्ण-४ सल्यानका वर्ष ४१ का राजकुमार विक घाइते भएका छन् ।
उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
यसैगरी अन्नपूर्ण-५ सल्यानका ३५ वर्षीय प्रकाश सुनार, ३५ वर्षकी सुशीला सुनार १५ वर्षकी सोनिशा सुनार, २२ वर्षका सुप्रिम सुनार, पोखरा-२३ का ६० वर्षीय रामप्रसाद सुनार र अन्नपूर्ण-४ का ५० वर्षकी देउमाया केसीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको निमित्त सूचना अधिकारी रानाले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नंको यात्रुवाहक जीप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution