पोखरा । नेकपा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण यहि चैत २३ गते शुक्रबार हुने भएको छ ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम तय गरिएको सो पार्टीले जनाएको छ ।
शपथ ग्रहणसँगै बृहत कार्यकर्ता भेलासमेत हुने बताइएको छ । कार्यक्रम बिहान १० बजे पोखरा सभागृहमा हुनेछ ।
एमाले कास्कीको हालै सम्पन्न ११औं अधिवेशनले अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
पार्टीको उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार सन्तुदेवी सुवेदी छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution