‘पोखरामा भयरहित र मर्यादित वातावरणमा एसईई परीक्षा सञ्चालन’

  • पोखरा न्यूज
  • २०८० चैत्र १९
‘पोखरामा भयरहित र मर्यादित वातावरणमा एसईई परीक्षा सञ्चालन’

पोखरा । शिक्षा विकास समन्वय इकाइ कास्कीले पोखरास्थित माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रहरु अनुगमन गरेको छ ।

इकाइ प्रमुख लोकनाथ आचार्य, जिल्ला शिक्षा विकास समिति कास्कीका सदस्य तारानाथ पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको टोलीले पोखराका विभिन्न परीक्षा केन्द्रहरु अनुगमन गरेको हो ।

अनुगमन टोलीले पोखरा-१९ स्थित भारती भवन मावि, पोखरा-४ स्थित नवीन मावि, पोखरा-१६ स्थित ईन्द्रराज्य लक्ष्मी मावि, विन्ध्यवासिनी माविमा सञ्चालित परीक्षा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सबै केन्द्रमा भयरहित र मर्यादित वातावरणमा परीक्षा सञ्चालन भइरहेको पाइएको शिक्षा विकास समन्वय इकाइ प्रमुख आचार्यले जानकारी दिए ।

परीक्षा अवधिभरमा अन्य केन्द्रमा पनि अनुगमन गरिने उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस