आज सुनको भाउ एक लाख ३१ हजार छ सय रुपैयाँ

पोखरा । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार फेरि तोलामा एक हजार छ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

जुन मूल्य अघिल्लो दिनको तुलनामा एक हजार छ सय रुपैयाँ बढी हो भने हालसम्मकै उच्च पनि हो ।

अघिल्लो दिन तोलाको एक लाख ३० हजार रुपैयाँमा सुन कारोबार भएको थियो ।

विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ उकालो लागेको छ ।

चाँदी सोमबार प्रतितोला १० रुपैयाँ बढेर एक हजार पाँच सय ३५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button