पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं.१४ कालिका गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गणकाे १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ६६ युनिट रगत संकलन भएको बताइएको छ । उक्त रगत प्रादेशिक रक्तसञ्चार सेवा पोखरालाई हस्तान्तरण गरिएको छ ।
स्थापना दिवसको अवसरमा गणले एकल तथा अन्य संघसंस्थासँंग जोडिएर खेलकुद, विपद्सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षरोपण र रक्तदान कार्यक्रम गरेको छ ।
कालिका गण गण्डकी प्रदेशमा विपद् उद्धारक युनिटका रुपमा परिचित छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution