जीप दुर्घटनाप्रति कास्की कांग्रेसद्वारा दुःख व्यक्त

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ स्थित सल्लाघारीमा भएको जीप दुर्घटनाप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गरेको छ । पार्टी सभापति किशोरदत्त बरालले आज एक विज्ञप्ति प्रकाशित गरी दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण एवं घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै सभापति बरालले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारमा कुनै कमि हुन नदिनसमेत सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

मुलुकका सवारी दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको भन्दै दुर्घटना न्यूनीकरणका आवश्यक उपाय अवलम्वन गर्नसमेत सभापति शर्माले सरकारसँग माग गरेका छन् ।

आइतबार दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । घाइतेको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button