बन्दीपुरका खानेपानी योजनाका लागि बजेट माग

  • पोखरा न्यूज
  • २०८० चैत्र १९
बन्दीपुरका खानेपानी योजनाका लागि बजेट माग

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न खानेपानी योजनाका लागि खानेपानीमन्त्री राजेन्द्रकुमार राईसमक्ष बजेट माग गरिएको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा आज काठमाडौँमा मन्त्रीसँग भएको भेटघाटमा विभिन्न खानेपानी योजनाका लागि बजेट माग गरिएको हो ।

पर्यटकीय नगरी बन्दीपुरमा खानेपानीको अभाव रहेकाले खानेपानी योजनाका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुर बजारमा खानेपानीको अभावले पर्यटकहरु बास बस्नसमेत नखोज्ने अवस्थाले बन्दीपुरको पर्यटनलाई असर गरेको हुँदा खानेपानी आयोजनाका लागि आवश्यक बजेट उपलब्ध गराउन अध्यक्ष थापाले मन्त्री राईसमक्ष अनुरोध गरे ।

गाउँपालिकाअन्तर्गतका विभिन्न छवटा ठूला खानेपानी योजनाका लागि बजेट उपलब्ध गराउन अध्यक्ष थापाले मन्त्री राईसमक्ष अनुरोध गरेका थिए ।

कार्यक्रममा मन्त्री राईले बन्दीपुरको खानेपानीका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस