पर्वतमा एक दम्पतीको बीभत्स हत्या

पर्वत । पर्वतमा एक दम्पतीको बीभत्स हत्या भएको छ । जलजला गाउँपालिका वडा नं. २ मल्लाजका ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी हत्या भएको हो ।

जलजला गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रकाश जिसीका अनुसार घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव भेटिएकोे हो । दुवै जना रगताम्य अवस्थामा भेटिएका हुन् । उनका अनुसार घरमा जिसी दम्पती मात्रै बस्दै आएका थिए ।

स्थानीयले आज बिहान ९ बजे घर भित्र जिसी दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा घटना शंकास्पद देखिएको भुसालले जानकारी दिए । उनका अनुसार पोखराबाट चिकित्सकसहितको टोली बोलाएर थप अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

आर्थिक लुटपाटको प्रयास हुँदा हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । जिसी दम्पतीका तीन छोरा छन् । जसमध्ये दुई जना वैदेशिक रोजगारीका लागि कोरियामा छन् । एक छोरा ब्यवसायमा संलग्न छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button