लापसे गरी सवारी चलाउने पोखराका विशाल र होमसहित ६ जना पक्राउ

पोखरा । स्याङ्जामा लागूपदार्थ सेवन गरी सवारी चलाउने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका दुईसहित ६ जना छन् ।

सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित मर्यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालयद्वारा गरिएको संयुक्त चेकिङ गरिएको थियो ।

सोक्रममा लागूऔषध सेवन गरी सवारी चलाउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

सिद्धार्थ राजमार्गमा चेकिङ गर्दा पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ का २६ बर्षीय विशाल गुरूङ र पोखरा-१९ का ४८ बर्षीय होमबहादुर खत्री छन् ।

यसैगरी बुटवल उपमहानगरपालिका-११ रुपन्देहीका बर्ष ४७ का पदमबहादुर डिसुवा, वालिङ-११ पेखुका बर्ष ३६ का साजन थापा, पुतलीबजार नगरपालिका-१ का बर्ष २६ का अजय नेपाली र फेदिखोला गाउँपालिका-२ का बर्ष ३७ का अमृत मिजार पनि लागूपदार्थ सेवन गरी सवारी चलाउँदै गर्दा पक्राउ परेका छन् ।

पक्राउ परेकाबिरुद्ध सार्वजनिक हित र नैतिकताबिरूद्धको कसूरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको डीएसपी रानाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button