नेपालमा नयाँ मौसम प्रणाली भित्रिँदै, पुनः बदली र वर्षाको सम्भावना

पोखरा । नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिन लागेको छ । जसको प्रभावले आजदेखि पुनः वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यतिखेर सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, बाग्मती र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै, गण्डकी र कर्णाली प्रदेश लगायतका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अबको तीन दिनसम्मै पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button