बगर सामुदायिकको २१औं स्थापना दिवस

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले २१ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान पनि गरियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले सामुदायिक बगरका हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।

‘सामुदायिक सेवा केन्द्रका हरेक गतिविधिले समाजका विकृति विसंगति न्यूनीकरण गर्न प्रहरीलाई सहयोग पुगेको छ,’ उनले भने । कास्की जिल्लामा सामुदायिकको सक्रियता नमुनाको रुपमा रहेको उनको भनाइ थियो ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सामुदायिक सेवा केन्द्र बगरले गर्ने हरेक गतिविधिमा आफ्नो कार्यालयको तर्फबाट सहयोग रहने बताए ।

सामुदायिक बगरकी संस्थापक अध्यक्ष सीता गुरुङले प्रहरी र नागरिकबीच सम्बन्ध जोड्ने काममा सामुदायिक सेवा केन्द्र अग्रणी भागमा रहेको बताइन् ।

कार्यक्रममा अस्थायी प्रहरी पोस्ट बगरका इन्चार्ज कृष्णबहादुर लामिछाने प्रहरी निरीक्षक बढुवा भएकोमा सम्मान तथा बधाई ज्ञापन गरियो ।

संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामभूषण पराजुली, पोखरा-१ का वडासदस्य रामजी पौडेल, लागूऔषध नियन्त्रण तथा समाज सुधार आमा समूहकी अध्यक्ष कल्पना आचार्य बास्तोला, सामुदायिक माटेपानी अध्यक्ष धर्मराज आचार्य र सचिव शिवराज अधिकारीले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button