पोखरा । काठमाडौंबाट गोरखा फर्कनेक्रममा त्रिशुलीमा ट्याक्सी खस्दा बेपत्ता भएका विवस रोका चार दिनपछि मृत अवस्थामा फेला परेको छ ।
बा२ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका गोरखा नगरपालिका-७ पौवाखेतका विवशको शव बुधबार बिहान ८ बजे त्रिशुली किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव कालीखोलास्थित त्रिशुली किनारमा फेला परेको डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सनाखत गरी शव गोरखातर्फ ल्याउँदै गरेको उनले बताए । उनको पोस्टमार्टम गरी अन्त्यष्टिका लागि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । सो दुर्घटनामा एकै परिवारका पाँचजनाको ज्यान गएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution