पोखरा । सुनको मूल्य तीव्र गतिले बढेको छ । सो क्रममा बुधबार इतिहासकै अहिलेसम्मकै महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार आठ सय रुपैयाले बढेर एक लाख ३३ हजार रुपैयाँ तय भएको छ ।
मंगलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलमा मंगलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा बुधबार एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार एकैदिन ६५ रुपैयाँले बढेर एक हजार छ सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution