पोखराकी बालिकालाई जबर्जस्ती करणी गर्ने सन्दिपलाई १९ वर्ष कैद सजाय

पोखरा । जिल्ला अदालत तनहूँले पोखराकी एक बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश आत्मदेव जोशीको मंगलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका वडा नं. ५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो ।

साथै अभियुक्तबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका से्रस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।

उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो । परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितले विसं २०७९ असार २९ गते बालिकालाई तनहुँको भिमाद बजारमा पुर्‍याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।

उजुरीपछि प्रहरीले विकलाई साउन १ गते पक्राउ गरी मुद्दा अघि बढाएको थियो । प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button