खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । बाह्रदशी गाउँपालिका-१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिए ।

प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ । ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button