महिला सञ्जालको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ महिला सञ्जाल आयोजनामा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम भएको छ ।

वडाको सहकार्यमा भएको तालिम समापन समारोहमा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए । उनले वडावासीको सेवासुविधाका लागि वडा कार्यालय सधैँ तत्पर रहेको बताए ।

वडा सदस्य पवित्रा थापाले समाज परिवर्तनमा महिलाको ठूलो भूमिका हुने भएकाले महिलाको क्षमता अभिवृद्धि हुन आवश्यक रहेको बताए ।

धादिङ त्रिपुरा बाराही महिला समूहका सचिव रचना अधिकारी, बङ्लादी आमा समूह उपाध्यक्ष शशी कार्की, मितेरी नारी समूहका सचिव सरिता भट्टराई, नवोदित महिला समूहका उपाध्यक्ष पार्वती सुनार लगायतले बोलेका थिए ।

कार्यक्रमका संयोजक तथा बैदाम महिला समूह अध्यक्ष उमा काफ्लेले तालिम उपलब्धिमूलक भएको बताए ।

सञ्जाल अध्यक्ष बबिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन सञ्जालका द्वितीय उपाध्यक्ष तथा सञ्जीवनी आमा समूह अध्यक्ष भगवती बानियाँ र सञ्चालन सञ्जालका सचिव रेणु लामिछानेले गरेका थिए ।

तीन दिनसम्म सञ्चालित तालिममा वडाका विभिन्न आमा/महिला समूहका ७० जनाले भाग लिएका थिए । तालिमको सहजीकरण रेडियो सफलताका कार्यकारी निर्देशक दुर्गा अधिकारीले गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button