धनगढीबाट उडेको श्री एयरको जहाजमा समस्या, पोखरामा अपतकालीन अवतरण

पोखरा । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट गरी पोखरामा अपतकालीन अवतरण गरिएको छ ।

बिहान १० बजे धनगढीबाट उडेको २२२ जहाजमा प्राविधिक समस्या देखिएपछि पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको बताइएको छ ।

पोखरास्थित श्री एयरलाइन्सको कार्यालयका अनुसार इन्डिकेटरमा समस्या देखिएपछि पोखरामा आपतकालीन अवतरण गरिएको हो । सो विमानमा सवार यात्रुलाई अर्को जहाज मगाएर काठमाडौं पठाइएको बताइएको छ ।

पोखरामा आपतकालीन अवतरण गरिएको जहाको प्राविधिक परीक्षक गरिएको छ । सो जहाजमा जान यात्रु नमानेको विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button