पोखरा । दोलखास्थित होस्टलको छतबाट हामफालेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १० रामबजारकी १८ वर्षकी करुणा अधिकारी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार करुणा दोलखाको चरिकोटमा बसेर नर्सिङ अध्ययन गर्दै थिइन् । उनी चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत थिइन् ।
करुणा बिहीबार साँझ सोही होस्टलको पाँच तलामाथिबाट हामफाल्दा गम्भीर घाइते भएकी थिइन् । उनको थप उपचारका लागि काठमाडौं पुर्याइएको थियो ।
उनको उपचारको क्रममा गएराति ११ बजे उनको भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । उनको शव पोष्टमार्टमको लागि अहिले सोही अस्पतालमा राखिएको छ ।
होस्टल सञ्चालकले करुणाले डिप्रेसनको औषधि खाने गरेको बताएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । समाचार स्रोतका अनुसार करुणा बिदा मनाउन पोखरा आएकी थिइन् । बिदा सकेर उनी बुधबारमात्र चरिकोट फर्किएकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution