|फाइल तस्बिर
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
अधिकारी यसअघि २०७९ पुस २५ मा मुख्यमन्त्री बनेका थिए । उनले २०८० वैशाख १४ गतेसम्म मुख्यमन्त्री सम्हालेका थिए ।
यसअघि नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए ।
कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । उनले अबको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री अधिकारीले आज ३ः३० बजे शपथ लिने बताइएको छ ।
यता, नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।
यस्तै, कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution