पूर्वमन्त्री बस्नेतमाथि बलात्कार र भ्रुण हत्या आरोप, प्रहरीमा उजुरी

पोखरा । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरअन्तर्गतको जाहेरी दर्ता भएको छ ।

एक युवतीले भ्रुण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् ।
पीडितले उक्त जाहेरी हुलाकमार्फत पठाएको र जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जाहेरीमा पीडितले बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाएकी छन् । बस्नेतमाथि २ महिना १५ दिनको भ्रुण हत्या गरेको पनि आरोप लगाइएको छ ।

औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितले आरोप लगाएकी छन् ।

मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रुण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ । पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button