|फेवाताल,तालबाराही : फाइल तस्बिर
पोखरा । पोखरामा आज दिउँसो हावाहुरीले बितण्डा मच्चायो । दिउँसो ३ बजेतिर करिब एक घण्टा हावाहुरी चलेको थियो ।
सोही हावाहुरीका कारण फेवातालमा डुंगा चलाइरेहका एक युवक डुब्ने पुगे । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बस्दै आएका २० वर्षका शोभित परियार फेवातालमा डुबेका थिए ।
हावाहरीका कारण डुंगा पल्टिएर परियार डुबेपछि सशस्त्र प्रहरी बलको रेक्यु टोलीले उनको तत्कालै उद्धार गरेको हो ।
परियारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
हावाहुरीकै कारण तालबाराही मन्दिरमा अड्किएका केही पर्यटकको पनि उद्धार गरिएको बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution