पोखरामा भीषण आगलागी, डेढ करोडको च्याउ नष्ट

पोखरा । पोखरा महानगरपालिका वडा ३२ लामेआहालस्थित ल्याण्डफिल्ड साइटमा आज दिउँसो भीषण आगलागी भएको छ ।

आगलागीका कारण नजिकै रहेको च्याउ फार्ममा करिब डेढ करोडको क्षति भएको फार्म सञ्चालक मनोरञ्जन पौडेलले जानकारी दिए ।

च्याउ, टहरा र च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री आगलागीले जलेर नष्ट भएको उनले बताए । पौडेलले २०६८ देखि करिब १० रोपनी क्षेत्रफलमा च्याउ खेती गर्दै आएका थिए ।

स्थानीयका आगलागी दिउँसो ४ बजेदेखि सुरु भएको थियो । करिब दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगो निभाउन महानगरपालिकाको दुई दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रण गर्न स्थानी, वडा प्रहरी कार्यालय पावरहाउस, डाँडाको नाक प्रहरी चौकी, सशस्त्र प्रहरी खटिएका थिए ।

ल्यान्डफिल्ड साइडका प्लाष्टिकजन्य सामग्रीमा आगो लागेका कारण वरपरको वातावरण प्रदूषित बनेको स्थानीयले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button