आज नीमको पात खाने दिन

पोखरा । आज नीमको पात खाने दिन हो । नीमलाई तीतो अमृतका रुपमा चिनिन्छ । नयाँ वर्ष शुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आँउदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्बका रुपमा बुझाउँछ । अर्कोतर्फ नैरोग्यताको प्रतिकका रुपमा नीम खाने चलन पनि चल्दै आएको छ ।

नीम प्राचिनकालदेखि नै एउटा आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुँदै आइरहेको छ र यो स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ ।

नीम, हाम्रो शरीर, छाला तथा कपालका लागि अत्यन्तै फाइदाजनक औषधि हो तर यसको तितो स्वादले गर्दा प्रायःले यसको सेवन गर्न मनपराउदैनन् । यसको रस या पात चपाँउदा स्वास्थलाई धेरै फाइदा हुने हुदा यस नयाँ वर्षको अघिल्लो सन्ध्यामा नीमको फाइदा भन्ने विश्वास गरिँदै आइरहेको छ ।

नीममा भएको एन्टी इंफ्लेमेट्री तत्वले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट पर राख्दछ नीमको जूस (रस)ले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।

नीमको पातहरुको रस र शुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने गर्दा हाम्रो शरीरको भित्रि र बाहिरी दुबै तर्फ स्वास्थकर हुने जनविश्वास र प्रमाणित मान्यता छ ।

पौराणिककालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहुप्रयोगका अनेकन किस्सा र आयुर्वेदीय दृष्टान्तहरु पाइन्छ । नीमको पात खानाले पेटका रोगहरु हरण हुने र शरीर थप मजबूत हुने र मुलायम हुने विश्वास छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button