आगो निभाउन खटिएका सैनिक जवानको मृत्यु, घाइतेलाई काठमाडौं लगियो

  • पोखरा न्यूज
  • २०८० चैत्र २७
आगो निभाउन खटिएका सैनिक जवानको मृत्यु, घाइतेलाई काठमाडौं लगियो

पोखरा । डोल्पाको सामुदायिक जंगलमा सल्किएको डढेलो निभाउनेक्रममा घाइते भएका नेपाली सेनामा कार्यरत हेमन्त रावतको मृत्यु भएको छ ।

उनी जुम्ला निवासी हुन् । जिल्ला अस्पताल डोल्पामा रावतको मृत्यु भएको हो ।

ठूलोभेरी नगरपालिका वडा नं ३ मा लागेको डढेलो नियन्त्रणका लागि नेपाली सेना परिचालन गरिएको थियो ।

सोक्रममा रावतसहित चार जना घाइते भएका थिए । उनको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको बताइको छ ।

यस्तै घाइते भएको २३ वर्षीय आशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगरलाई थप उपचारका लाग काठमाडौं लगिएको छ ।

जंगलको आगा अझै नियन्त्रणमा आउन नसकेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार जंगलको आगो नियन्त्रण बाहिर गइ बस्तीमै आउने खतरा बढेपछि सेना परिचालन गरिएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस