दमौली । तनहुँको भानु नगरपालिका-५ पुरनडिहीस्थित नगर अस्पतालमा अब चौबिसै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ ।
सङ्घीय सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटिएसँगै अब बिरामीले चौविसै घण्टा चिकित्सक सेवा पाउने निश्चित भएको हो ।
केही दिन अगाडि मेडिकल अधिकृत अपराजिता सिंह नगर अस्पतालमा हाजिर भएसँगै विशेषगरी भानु नगरपालिका तथा आसपासका बिरामीलाई परीक्षणमा सहज भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।
नगर अस्पतालबाट बहिरङ्ग सेवा, चौबिसै घण्टा आकष्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, प्रयोगशाला सेवालगायत सेवा प्रदान हुँदै आएको छ ।
पुरनडिही नगर अस्पताललाई सुविधासम्पन्न बनाउन नगरपालिकाका तर्फबाट पहल हुँदै आएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
नगरवासीको स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयलाई नगरपालिकाबाट हुनसक्ने सम्पूर्ण कार्य पूरा गर्न नगरपालिका तयार रहेको र आगामी आवको बजेटमा स्वास्थ्यलाई प्राथमिकता राखिने प्रतिबद्धता उनले व्यक्त गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution