भारतमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु

पोखरा । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा सात जना नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

गएराति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट एक सय ५० मिटर तल खसेको हो ।

दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो।

उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थिया े। मृतक सात जना नै महेन्द्रनगरका छन् । दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन् ।

मृतक नेपालीहरू बेतालघाटको उचकोट गाउँमा जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे।

काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए । मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button