सुदूरपश्चिम । कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका-१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् ।
स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए ।
“प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थल पुगेका प्रहरी उपरीक्षक विष्टले भने, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ ।”
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution