सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।
२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।
गएराति घरायसी वादविवादमा छोरा सुमनले बुवालाइ कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution