स्याङ्जा । स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका-२ गराङ्दीका १४ वर्षीय युनिक राना रहेका छन् ।
गल्याङ प्रहरी चौकीका अनुसार उनीसहित छ जना साथी पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । बिहान १० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।
रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीलाइ प्रहरीले सोधपुछ थालेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution