आज लाभ बेलाबाट दिन शुरुआत, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० चैत २८ गते बुधबार, इस्वीसंवत अप्रिल १० तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको द्धित्तीया तिथि रातिमा ८ः१७ बजेसम्म त्यसपछि तृतीय तिथि लाग्नेछ । नक्षत्रमा अश्विनी बिहानमा ७ः१७ मिनेटसम्म त्यसपछि भरणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा विशाखा १८ घटि १२ पलासम्म त्यसपछि प्रीति योग लाग्नेछ । करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३८ पला अर्थात १२ घण्टा ४१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४६ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ६ः३४ बजे र अस्ताउने समय साँझ ८ः२१ बजे रहेको छ ।

आजको राशिफल :

मेष : आज समय निकै उपयुक्त छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

वृष : आज समय खराब रहनेछ । मेश राशिमा रहेका चन्द्रमाको प्रभावका कारण सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।

मिथुन : आज समय शुभ छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

कर्कट : आज समय मध्यम छ । लाभ हानी दुवै हुनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।

सिंह : आज पनि समय शुभ छैन । घरायसी कामधन्दाका लागि धेरै खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसूस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कन्या : आज समय राम्रो छैन । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्नेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ ।

तुला : आज पनि स्वास्थ्य राम्रो रहनेछ । आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ आज विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ । अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ । वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

वृश्चिक : आज समय शुभ छ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । व्यापारमा थोरै लगानीबाट पनि प्रशस्त नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । शैक्षिक नतिजाले उत्साह जगाउनेछ ।

धनु : आज पनि समय खराब छ । खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । आज धनमाल हराउन पनि सक्छ । काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ । भैपरी आउने समस्याले खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछैन । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । इश्र्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन् । आफ्नै बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्नुहोला । महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला ।

कुम्भ : आज स्वास्थ्य भरपर्दो रहनेछ, समय शुभ छ । पहिलेको सफलताले हौसला जगाउनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन् । पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

मीन : आज समय खराब छ । जोश जाँगरमा कमि आउनेछ, आलस्यताले शरीरलाई बन्धक बनाउन सक्ने देखिन्छ, शारीरिक र मानसिक कष्टले मनोबल कमजोर बनाउनेछ, साबधानीपूर्वक अघि बढ्नुहोला, कुल कुटुम्बमा खटपट आउन सक्छ, इष्टदेवको दर्शन पूजा गरेर मात्र अघि बढ्नुहोला । समय खराब रहेकाले सबै काममा सतर्क हुन आवश्यक छ ।

साइत : साइतः सूर्य मीन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४६ बजेदेखि     ७ः२१ बजेसम्म   लाभ बेला
बिहान ७ः२१ बजेदेखि    ८ः५६ बजेसम्म    अमृत बेला
बिहान ८ः५६ बजेदेखि    १०ः३० बजेसम्म   काल बेला
बिहान १०ः३० बजेदेखि    १२ः०५ बजेसम्म  शुभ बेला
मध्यान्ह १२ः०५ बजेदेखि    १ः४० बजेसम्म   रोग बेला
दिनमा १ः४० बजेदेखि    ३ः१५ बजेसम्म     उद्धेग बेला
दिनमा ३ः१५ बजेदेखि    ४ः५० बजेसम्म     चर बेला
दिनमा ४ः५० बजेदेखि    ६ः२४ बजेसम्म     लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२४ बजेदेखि    ७ः४९ बजेसम्म   अमृत बेला
साँझ ७ः४९ बजेदेखि    ९ः१५ बजेसम्म    काल बेला
राति ९ः१५ बजेदेखि    १०ः४० बजेसम्म    शुभ बेला
राति १०ः४० बजेदेखि    १२ः०५ बजेसम्म   रोग बेला
राति १२ः०५ बजेदेखि    १ः३० बजेसम्म    उद्धेग बेला
राति १ः३० बजेदेखि     २ः५५ बजेसम्म    चर बेला
रातिमा २ः५५ बजेदेखि   ४ः२० बजेसम्म   लाभ बेला
बिहानमा ४ः२० बजेदेखि   ५ः४५ बजेसम्म  अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button