पोखरा । अर्घाखाँचीबाट पोखरा आउँदै गरेको कार दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका वडा नं ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्री रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकको अर्घाखाँची अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा घाइतेहरू सबै पोखराका छन् । पोखरा महानगरपालिका वडा नं. १२ की ३० वर्षीय सविता अधिकारी, १५ वर्षका प्रज्वल कँडेल, ४२ वर्षकी गीता कँडेल र १० वर्षका जेसन बस्नेत घाइते भएका हुन् । उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कार पाणिनी गाउँपालिका वडा नं. ९ कोलडाँडामा दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु बोकेर तीव्र गतिमा गुडिरहेका ग३च ४५७४ नम्बरको कार घुम्ती-पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा चालक ३४ वर्षका ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना र उनका छोरा इभान्स पनि घाइते छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution