कास्कीमा रामबहादुरको हत्या, श्रीमतीसहित दुई जना कारागार चलान

पोखरा । कास्कीको सिक्लेस हत्याकाण्डका मुख्य दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीले सन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङको हत्यामा संलग्न उनकै श्रीमती कान्छी लामा तामाङ र उनका प्रेमी धनबहादुर लामालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

सो घटनामा संलग्न दुई बालकलाई बाल सुधार गृह पठाएको छ ।

रामबहादुर चैत ३ गते कास्कीको मादी गाउँपालिका-१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५/३० मिटर तल मृत फेला परेका थिए ।

मृत अवस्थामा फेला परेका तामाङको कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरी घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गर्दा प्रहरीले मृतकसँगै आएका तीन जनासहित उनकी श्रीमती कान्छा लामा तामाङलाई प्रकाउ गरेको थियो ।

अनुसन्धानका क्रममा मृतक तामाङको श्रीमतीले नै श्रीमानको हत्या गर्न धनबहादुरलाई सुपारी दिएको खुलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button