पोखरा । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इदउत्रफित्र’ मनाउने भएका छन् ।
केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।
यसैबीच सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र(ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
सरकारले हरेक वर्षको ईद-उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।
मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मीयता साट्ने गर्छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution