पोखरामा बस दुर्घटना, सात जना घाइते (घाइतेको नामावलीसहित)

पोखरा । पोखरामा आज बिहान यात्रु बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी जाँदै गरेको ग२ख १६३० नम्बरको बस पोखरा महानगरपालिका वडा नं. २५ सुइँखेतमा दुर्घटना भएको हो ।

बस आज बिहान २ः५० बजे अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । बसमा २८ जना यात्रु सवार रहेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइते हुनेमा बागलुङको तमानखोला गाउँपालिका वडा नं. ३ की २५ वर्षीया रीता घर्ती, मालिका गाउँपालिका वडा नं. ५ का ३० वर्षीय भीमकुमार बुढा, ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमित्रा फगामी, मालिका गाउँपालिका-१ का ७२ वर्षीय नरबहादुर पुन र सोही वडाकी ६५ वर्षीया कृष्णकुमारी पुन छन् ।

घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी) मा उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रहरीका अनुसार बस चालक बेनी नगरपालिका वडा नं. ६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएको अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button