दूधकोशी नदीमा डुबेर दुई युवकको मृत्यु

पोखरा । भोजपुरमा दूधकोशी नदीमा पौडी खेल्न गएका दुई युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा आमचोक गाउँपालिका वडा नं. ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई छन् ।

बुधबार दिउँसो १ बजेतिर आमचोक गाउँपालिका-१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्नेक्रममा उनीहरु डुबेको र घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

खबर प्राप्त भएसँगै घटनास्थलमा इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएको थियो ।

दुवै पोष्टमर्टमका लागि शव धरानस्थित वीपी स्वास्थ्य प्रतिष्ठानमा पठाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button