काभ्रे । जंगलमा आगो लगाउने युवा पक्राउ परेका छन् ।
गएराति साढे ८ बजेको समयमा काभ्रे मण्डनदेउपुर नगरपालिका ११ तर्किनटार बस्ने वर्ष ३१ को मैते तामाङले आफ्नो नजिकैको पाखामा आगो लगाउँदा नजिकैको जंगलमा समेत आगो लागी क्षति पुगेको छ ।
आगोले चाखोलाबाट त्यस जंगल हुँदै लिएर आएको काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिँचाइ परियोजनाको सोलारको तार, खानेपानी र सिँचाइको कालो पाइप त्यस जंगलमा पर्ने तार र पाइपहरु अन्दाजी ५० मिटर जतिको बीचको भाग जलेर नस्ट भएको हो ।
योसँगै प्रहरीले मैतेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution