सुनको भाउ घट्यो

पोखरा । आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर एक लाख ३६ हजार छ सय रुपैयाँमा झरेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि आज तोलामा दुई सय रुपैयाँले नै घट्दै एक लाख ३५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button