पोखराका पत्रकारद्वय पौडेल र त्रिपाठी सम्मानित

पोखरा । उपमा सञ्चार प्रालिद्वारा आयोजित मौलिक गण्डकी स्टार म्युजिक अवार्ड २०८० बाट पोखराका क्रियाशील पत्रकारद्वय सुवास पौडेल र गौरव त्रिपाठी सम्मानित भएका छन् ।

उनीहरुलाई सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सम्मान गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ लोकगायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने लगायत विभिन्न क्षेत्रका ४५ जनालाई सम्मान गरिएको थियो भने २२ जनालाई कदरपत्र प्रदान गरिएको थियो।

लामो समय पत्रकारितामा सक्रिय पत्रकार पौडेल माउण्टेन टेलिभिजन र त्रिपाठी रेडियो नेपालमा आवद्ध छन्

कार्यक्रममा पोखरेली सर्जक दीपक अधिकारीले सर्वोत्कृष्ट शब्द लोकदोहोरी विधा रुन्न भन्दाभन्दै बाट अवार्ड जितेका थिए ।

उपमा सञ्चार प्रा लिको यो तेस्रो म्युजिक अवार्ड भएको अध्यक्ष आशा गौतमले जानकारी दिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button