श्रीमानको कुटाइबाट गम्भीर घाइते उजेलीको पोखरामा मृत्यु

पोखरा । एकसाता अघि श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्ले बस्दै आएकी ४० वर्षीया उजेली गुरुङ रहेकी छन् ।

यही चैत २३ गते शुक्रबार राति १० बजे श्रीमानको कुटपिटबाट घाइते भएकी उजेलीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) स्थानेश्वर चपाईका अनुसार उजेलीका श्रीमान सप्तरी छिन्नमस्ता गाउँपालिका वडा नं. १ का सीताराम दासलाई पक्राउ गरिएको छ ।

उनीविरुद्ध अदालतबाट म्याद लिएर कार्वाही प्रक्रिया अघि बढाइएको छ । दासमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा अघि बढाइएने इन्स्पेक्टर चपाईले जानकारी दिए ।

प्रहरीका अनुसार तनहुँको व्यास नगपालिका वडा नं. ८ बर्लाछीकी उजेली र सीतारामबीच २६ वर्ष अघि विवाह भएको थियो । विवाहपछि उनीहरु लमजुङको दुई पिप्लेमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार यी दम्पतीबीच लामो समयदेखि आर्थिक र पारिवारिक विवाद हुँदै आएको थियो । सीतारामले यसअघि पनि पटक पटक उजेलीमाथि कुटपिट गरेका थिए । विवाद बढ्दै गएपछि सीताराम घर बाहिरै बस्दै आएका थिए ।

२३ गते शुक्रबार राति एक्कासि घर आएर उनले श्रीमती उजेलीमाथि बाँसको भाटा प्रहार गरेका थिए । कुटपिटबाट उजेलीको टाउको, ढाडमा गम्भीर चोट देखिएपछि उपचारका लागि तत्कालै पोखरा ल्याइएको थियो । उजेलीको शव अस्पतालमै राखिएको छ ।

अस्पतालमा उजेलीको उपचार गर्दाको खर्च भुक्तान गर्न बाँकी रहेको र सोपछि उनको शव आफन्तको जिम्मा लगाइने इन्स्पेक्टर चापाइँले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button