|फाइल तस्बिर
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ ।
गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए । अहिले उनको शव आफन्तको जिम्मा लगाइएको छ । भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution