पोखरा । आज शुक्रबार सुनमा हालसम्मकै उच्च मूल्य कायम भएको छ । चैत ३० गते छापावाला सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको हो ।
योसँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार नाै सय ९५ रुपैयाँ रहेको थियो ।
यस्तै, तेजाबी सुनको मूल्यसमेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रुपैयाँ पुगेको छ ।
यता चाँदीको मूल्य भने वर्षभरिमा तोलामा पाँच सय ३२ रुपैयाँ बढ्दै एक हजार सात सय ७५ रुपैयाँ कायम भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution