नयाँ वर्षको पहिलो दिनमै चट्याङ्गसहित वर्षा हुने

पाेखरा । वर्ष १०८१ को पहिलो दिन नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान कोशी, बागमती र मधेस  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।

आज दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

कोशी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button