पोखरामा मोटरसाइकल दुर्घटना, कास्की सल्यानका विकास पौडेल गम्भीर घाइते

पोखरा । पोखरामा नयाँ वर्षको दिन बिहानै मोटरसाइकल दुर्घटनामा भएको छ । आज बिहान ४ः२० बजे पोखराको बुलौंदी ओरालोमा सडकको डिभाइडमा ठोक्किएर ग८प ८४७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा अन्नपूर्ण गाउँपालिका सल्यान घर भई हाल पोखरा-६ नुवारथोक बस्ने वर्ष ३० का विकास पौडेल गम्भीर घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

डिभाइडरमा ठोक्किएर पल्टिएको मोटरसाइकलमा ग२५ प १२१० नम्बरको स्कूटरसमेत ठोक्किएको प्रहरीले जनाएको छ । स्कूटर चालक पोखरा-२६ विजयपुरका वर्ष २३ का निश्चल रानाभाट सामान्य घाइते भएका छन् ।

स्कूटर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button