पोखरा । पोखरामा गएराति ट्रक दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनको राधाकृष्ण मन्दिर नजिकै गएराति १२ बजे ट्रक दुर्घटनामा परेको हो ।
ट्रक चोरी भएर तीव्र गतिमा कुदाउँदा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको आशंका छ । ट्रक चालक र धनी कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
५५९१ नम्बरको ट्रक विजुलीको पोलमा ठोक्किएको हो । ट्रकको ठक्करबाट पोल भाँचिदा फेवा फिडर तथा फेवा ईन्कमर फिडरको विद्युत सेवा अवरुद्ध भएको छ ।
प्राधिकरणको मर्मत टोली फिल्डमा पुगेर कार्य सुरू गरिसकेको र बिहान १० बजे अगाडि नै विद्युत सुचारु गरिने नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले जनाएको छ ।
घारीपाटन नजिकैको तीनकुने चोकबाट राधाकृष्ण मन्दिर हुँदै चोर साँघु जाँदै गर्दा ट्रक दुर्घटनामा परेको हो । ट्रक विजुलीका पोलमा ठोक्किएका कारण घरमा क्षति पुग्नबाट जोगिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution