पोखरा । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी विजयी भएका छन् । पार्टीको दशौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेद्वार पदमपाणि शर्मालाई एक सय एक मतान्तरले पराजित गर्दै पहाडी अध्यक्षमा विजयी भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा पहाडीले दुई २८ र शर्माले एक २७ मत प्राप्त गरे । पार्टीको सबै पदमा पहाडी पक्षले बाजीमारेको छ ।
उपाध्यक्षमा विमल लामिछाने दुई सय १७, सचिवमा सुवासचन्द्र पौडेल एक सय ८८, उपसचिव खुलामा चण्डीप्रसाद भुर्तेल एक सय ८८ र महिलातर्फ उपसचिवमा विन्दु अधिकारी दुई सय १६ मत प्राप्त गरी विजयी भए ।
पहाडी वर्तमान कानूनमन्त्री पदम गिरी पक्षधर हुन् भने शर्मा पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् । पृथ्वीसुब्बालाई राष्ट्रियसभा निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पक्षले साथ दिँदा पनि गिरी पक्षसँग पराजित हुनुपर्यो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution