पोखरा । पूर्व कर्मचारी सेवा परिषद् कास्कीको अध्यक्षमा गिरधारी सुवेदी निर्वाचित भएका छन् । संस्थाको १९ औं साधारणसभा तथा दशौं अधिवेशनलेले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्ष पदमा सूर्यप्रसाद भण्डारी र अनन्तराज लम्सालले पनि दावी गरेपछि गोलाप्रथाद्वारा सुवेदीले अध्यक्षमा बाजी मारेको निर्वाचन संयोजक पूर्व न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिए ।
संस्थाको उपाध्यक्षमा सूर्यप्रसाद बराल, सचिवमा राजुराज अधिकारी, कोषाध्यक्षमा प्रभामिलन तिमिल्सिना चयन भए ।
यसैगरी कार्यसमिति सदस्यमा नगेन्द्रराज पौडेल, धर्मदत्त बराल, बिलकुमारी कुमाल, लक्ष्मीपति पोखरेल, प्रेमप्रसाद ढकाल, मीनराज बराल र शान्ताकुमारी पौडेल छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution