पोखरा । पोखरामा आयोजित सचेतनामूलक शिक्षा कार्यक्रमबाट ४० भन्दा बढी किशोरीहरु लाभान्वित भएका छन् ।
पोखरा-३२ वडा कार्यालयको सहयोगमा पोखरा-२९ भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रले कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम किशोरावस्थामा आउने परिवर्तन, समस्या र समाधानमा कार्यक्रम केन्द्रित थियो ।
कार्यक्रममा बाल हितकारी परियोजनाका मीना थापा र संगीता भण्डारी तथा पुस्तकालयका धनु पहारी र कविता गैह्रेले सहजीकरण गरेका थिए ।
कार्यक्रम समापनमा पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीलाई विशेष सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै किशोरी लक्षित कार्यक्रमका लागि आफ्नो सधैं सहयोग रहने बताए ।
कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी, सचिव पदमप्रसाद अधिकारी, सदस्यहरू कमला भण्डारी, विष्णुहरि पौडेल, चन्द्रबहादुर गुरुङ, विश्वराज पौडेलका साथै सहभागीहरू जेनिशा नेपाली, जेनी थापामगर लगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution